बुधबार, बैशाख ३१, २०७७ || 1101  पटक पढिएको

सिरहामा एक पत्रकार नेपाली सेनाबाट कुटिएका छन् । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा नवजागृति साप्ताहिकका पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो । आफू पत्रकार भएको र लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा दुर्ववहार र कुटपिट गरेको पत्रकार यादवले बताए ।

पत्रकार यादवले भने जथाभावी हिड्नेहरुलाई सचेत गराउने र धपाउने काम गरिरहदा समाचार बनाउने अभिप्राय राखेर त्यसको फोटो खिँचे । त्यही क्रममा त्यहाँ खटिएका नेपाली सेनाका कमाण्डरले मतिर इसारा गरेको हुन भन्दै बोलाउन लगाए । मलाई बोलाउन आएका सेनाले प्रेस कार्ड हेर्दा हेर्दै पाइपले पिट्दै लग्यो । ‘सेनाको फोटो खिच्ने ? को हो तिमि ?’ भन्दै हप्काए । त्यसपछि मैले भने,‘म के अनुचित गरे ? लकडाउनलाई सशक्त बनाउनु राम्रो हो त्यसैलाई प्रोत्साहन हुने र सचेतना फैलाउने गरी समाचार लेख्नका लागि फोटो खिँचे ।’ तैपनि हप्काउदै त्यहाँ खटिएका कमाण्डरले भन्यो,‘सेनाको फोटो
मैले सहज वातावरणमै फोटो खिँचे ।

तनावको कुनै अवस्था थिएन् । मिडियाकर्मी हो भन्ने प्रयाप्त आधारहरु प्रष्ट थियो । सहज रुपमा फोटो खिँचे । फोटो खिच्नुको कारण पनि प्रष्ट्याउने प्रयास गरे । भाग्ने प्रयास गरिन् । झन कमाण्डरले भन्दा नजिक जान खोजिरहेकै थिए कि त्यतिकैमा पाइपले मलाई कुटियो ।

यस घटनाको बिषयमा नेपालि सेनाको तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!