बुधबार, पौष ०९, २०७६ || 732  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, पौष ९ गते। पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ ।
विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ ।

तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार पार्टी चलाउन मिल्दैन ।
१३ औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्दै गुटबन्दी झाँगिन पुग्यो । जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन ।
आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!