हिपमत डटकम
उर्लाबारी ,पौष ९ गते।
मोरङको मिक्लाजुङ–७ रेशमखेती स्थित एक साहाराविहिन बृद्ध विरामी ८५ वर्षिय हस्तबहादुर राईलाई पूर्व संविधानसभा सदस्य तथा मोरङ जिल्ला कांग्रेस सभापति डिकबहादुर लिम्बुले उद्धार गरेकाछन् ।
कांग्रेस सभापति सोही स्थानमा गई अवस्थाबारे जानकारीलिई बृद्ध विरामीलाई उपचारार्थ बुधबार विराटनगर स्थित नोबेल अस्पताल लगिएको हो । सहाराविहीन राई बिगत चार वर्षदेखि टाउको दुःख्ने र मुखमा घाउ निस्केर थलिएका थिए । आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएको स्थानियले जानकारी दिए । उपचारमा लाग्ने सम्पुर्ण खर्च विहोर्ने बताउदै, यस्ता अवस्थामा रहेका जो कोहीलाई उद्धार गर्नु नै मानवता संगै धर्म पनि हो, यस्तो अवस्थामा जाती र पार्टी नेहेरी सहयोगमा अघिबढ्न आफ्ना कार्यकर्तालाई आवहान गर्दै दीन दुःखुीहरुको सेवामा लागीपर्ने जिल्ला सभापति लिम्बुको भनाई रहेको थियो । राईलाई स्थानिय नेपाली कांग्रेस तरुण दलका गाउँपालिका सचिव देउमान तामाङ लगायतका स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरुबाट पहल भई उपचारकालागि अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!