बुधबार, बैशाख २४, २०७७ || 1030  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैयामा निर्धारीत मुल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको टोलीले मिर्चैया नगरपालिका वडा नं. ५ स्थित रहेको भाग्य विधाता आयरण स्टोर्सका संचालक राजकुमार मगरलाई १० बोरा सिमेन्ट सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताए ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जैसवारका अनुसार भाग्य विधाता आयरण स्टोर्सका संचालक राजकुमार मगरले मिर्चैया नगरपालिका वडा नं. ७ बस्ने टिकाराम पोखरेललाई बिक्री गरि सो सिमेन्ट स. १ ह. २७७९ नं. को टेम्पूमा लोड गरेको अवस्थामा फेला परेको हो ।

उक्त सिमेन्टको बिल माग गर्दा संचालक मगरले उक्त सिमेन्ट प्रतिबोरा रु.८ सयको दरले बिक्री गरेको हो । उक्त सिमेन्ट टिकाराम पोखरेलले राजकुमार मगरसंग प्रतिबोरा ८ सय ७० को दरले कुरा मिलाई ८ सयको दरले बिल रसिद काटिएको हो ।

बरामद गरेको सिमेन्ट भाग्य विधाता आयरण स्टोर्स संचालक मगरले यहि बैशाख २१ गते रातीको समयमा जनकपुरको व्यपारी राजकुमार जैन संग प्रतिबोरा ७ सय ६० को दरले जम्मा ३५० बोरा सिमेन्ट खरिद गरेको पाइएकाे छ। त्यस मध्ये १० बोरा सिमेन्ट टिकाराम पोखरेललाई बिक्री गरेको र बाँकी ३४० बोरा सिमेन्ट स्टोर्समा रहेकोले बरामद सिमेन्ट १० बोरा ईलाका प्रहरी कार्यालय मिर्चैयामा सुरक्षित राखी तथा बाँकी रहेको ३४० बोरा सिमेन्ट सहित पसलमा सिल गरेको प्रहरीले बताएकाे छ ।

मिर्चैया नगरपालिकामा खाद्यान्न समाग्रिको मूल्य पनि अकासिएको बेला निर्माण सामाग्री व्यवसायहरुको यस्तो किसिमको क्रियाकलालाई निरुत्साहित पार्नु प्रशासनको सराहनिय कार्य रहेको व्यापार संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!