बुधबार, बैशाख २४, २०७७ || 892  पटक पढिएको

वैदेशिक रोजगारीमा रहेका करिब ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक राजन श्रेष्ठले लकडाउन नखुल्दै १ लाख २७ हजार नेपाली स्वदेश फर्किन चाहेको जानकारी दिए ।

समस्यमा परेका नेपालीलाई उद्धारका लागि पहल सुरु भएको र त्यसका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । श्रेष्ठकाअनुसार यस्तो तथ्यांक कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसिया गरी ७ देशका कामदारहरुको मात्रै हो ।

उनका अनुसार ४ लाख ७ हजार श्रमिकले लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । यो विवरणसहित सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन बोर्डले श्रम मन्त्रालयमा बुझाएको श्रेष्ठले जानकारी दिए ।

‘हामीले मूल रुपमा अब फर्किन चाहने कामदारलाई ल्याउन दिने हो भने दुई किसिमको समिति बनाएर काम थाल्न सुझाव दिएका छौं,’ उनले भने, ‘एउटा, उनीहरु एयरपोर्टमा झरेपछि घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न यहाँ सरकारी स्तरको व्यवस्थापन समिति बन्नुपर्छ । अर्को, विदेशमा दूतावास र गैरआवासीय नेपाली संघसहित सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित समिति बनाउनुपर्छ ।’

उनले यी समितिहरुले के–के काम गर्ने भनेर प्रतिवेदनमा स्पष्ट सुझाव दिइएको बताए ।
श्रेष्ठका अनुसार अहिले विदेशमा ११ नेपालीको शव अलपत्र छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विभिन्न देशमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिएको हो ।

बोर्डका अनुसार आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाउँछ । त्यसमध्ये अन्य मुलुकमा भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४५२ जना कामको लागि अनुमति लिएर गएकाहरु छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!