बुधबार, पौष ०९, २०७६ || 1254  पटक पढिएको

हिपमत डटकम
पौष ९ गते |

ईलामको माई नगरपालिका-५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले
आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले
आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी
दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो
। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप
अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।मृत अवस्थामा फेला
तेह्रथुम, पौष ०९ गते ।तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका-
५ को बाटोमा मृत फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका
लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत
फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ
हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने
स्थानीयवासीहरुले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो
सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!