सोमबार, बैशाख २२, २०७७ || 831  पटक पढिएको

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला मोरङको उर्लाबारी नगरपालिका १ र ३ मा एकै पटक आठ जनामा दादुराको संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ जना वडा नम्बर ३ र एक जना वडा नम्बर १ का स्थानीय हुन् ।

शुक्रबार ९ जनाको रगतको नमुना संकलन गरेर लगेकोमा उनीहरुमध्ये ८ जनामा दादुरा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको फिल्ड अधिकृत डा. सरु देवकोटाको नेतृत्वमा प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्यकर्मीहरुको टोलीले ९ जनाको रगतको नमुना शुक्रबार संकलन गरेको थियो । रगत परीक्षणमा दादुरा पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनले आइतबार प्रतिवेदन पठाएको छ ।

उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेका अनुसरा उनीहरु सात वर्षदेखि २५ वर्ष उमेरका रहेका छन् ।

उनले दादुराको संक्रमण देखिएका आठै जना दादुरा खोपमा सहभागी नभएको पाइएको जानकारी दिए । तर उनीहरुलाई हालसम्ममा दुई पटक भिटामिन ए खुवाइसकेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको घिमिरेले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दादुरा फैलिएकाले प्रदेश र संघीय सरकारलाई यस बारेमा जानकारी गराइसकेको बताए । उनले उर्लाबारीमा अन्य परिवार र व्यक्तिमा दादुरा सर्न नदिनका लागि आवश्यक सावधानीका उपाय अपनाइएको जानकारी दिए ।दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो । अन्तिम पटक गएको १६ फागुनमा उर्लाबारीमा दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो ।

उर्लाबारीको ९ वटै वडाका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप विभिन्न २६ वटा केन्द्रमार्फत लगाउने कार्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!