एकातिर संसारभरीका वैज्ञानिक कोभिड–१९ रोगको उपचार विधि खोजिरहेका छन् भने अर्कोतर्फ तान्जानिया र कंगोजस्ता देशका मानिसहरुलाई जडिबुटीबाट बनाइएको एक प्रकारको पेय पदार्थ (हर्बल ड्रिङ्क) खाँदा कोरोनाभाइरस निको हुनसक्ने विश्वास लागेको छ ।

तान्जानियाका राष्ट्रपतिले आफ्ना जनतासमक्ष ‘हर्बल ड्रिङ्क’ आयातका लागि आफूले मेडागास्करमा विमान पठाउने बचन दिएका छन् ।

राष्ट्रपति जोन मुगुफुलीले यो ‘हर्बल ड्रिङ्क’ लाई औषधीको रुपमा प्रचार गरिरहेका छन् ।

तान्जानियाबाहेक कंगोका राष्ट्रपतिले पनि यस्तै दाबी गरेका छन् ।

यो हर्बल ड्रिङ्क आर्टमिजिया नामको एक वनस्पतिबाट तयार हुन्छ । मलेरियाको उपचारमा यो वनस्पतिको उपचार हुन्छ ।

‘कोभिड–अर्ग्यानिक्स’ को नाममा लञ्चिङः

यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको हालसम्म कुनै औषधी नभेटिएको स्पष्ट पारेको छ र मानिसहरुलाई मनलाग्दी उपचारबाट बच्न सल्लाह दिइएको छ । मेडागास्करका राष्ट्रपतिकी चीफ अफ स्टाफ लोवा हसिनिरिना रानोरोमारोले बीबीसीसँगको कुराकानीमा तीन हप्तासम्म २० भन्दा कम व्यक्तिमा गरिएको परीक्षणपछि यो हर्बल ड्रिङ्कलाई ‘कोभिड अर्ग्यानिक्स’ को रुपमा लञ्च गरिएको जानकारी दिइन् ।

‘कोभिड–अर्ग्यानिक्स’ सार्वजनिक गरिएपछि विश्व स्वास्थ्य संगठनले आफ्नो बयानमा कोभिड–१९ को उपचारको नाममा मानिसहरुले कुनै पनि औषधीको प्रयोग गरेर आफैंले उपचारको कोसिस गर्न नहुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनमन प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले कोरोनाभाइरसविरुद्ध कुनै प्रभावकारी औषधी खोज्नका लागि कुनै सर्टकट नभएको बताइसकेका छन् । यसको उपचारका लागि अन्तर्राष्ट्रिय स्तरमा ट्रायल चलिरहेको छ ।

अफ्रिकी देशमा बढ्दो मागः

मार्चमा अमेरिकी संस्था नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थले कोरोनाभाइरसको कथित उपचारको नाममा हर्बल थेरापी र चियाको प्रयोगमा चेतावनी दिएको थियो ।

तर यति हुँदा हुँदै पनि यो हर्बल चियाको माग अन्य अफ्रिकी देशमा बढिरहेको छ । शनिबार मेडागास्करले एक खेप गिनिया–बिसाउ पठायो ।

मेडागास्करका राष्ट्रपतिले इक्वेटोरियल गिनियाका विशेष दूतलाई हर्बल ड्रिङ्कको सिपमेन्ट सुम्पिएको ट्वीटरमार्फत् जानकारी दिए ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!