हिपमत डटकम
काठमाडौँ,पौष ८ गते। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीचको विवाह यसवर्ष पनि नहुुने भएको छ । उनीहरु प्रेम सम्बन्धमा रमाउन थालेको तीन वर्ष हुनलाग्यो भने प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागिपरेको पनि एक बितिसक्यो । तर, दुई पटक इन्गेजमेन्ट भैसक्दा पनि विवाहको मिति जुर्न सकेको छैन । यो जोडीले आफ्नो विवाह यस वर्षको असारसम्म गरिसक्ने बताउँदै आएका थिए । तर, अनेक कारणले सम्भव भएन । नायिका ऋचा शर्माको विवाह र पार्टी दुबैको साक्षी बनेकी अभिनेत्री प्रियंकाको भने अहिलेसम्म विवाहको मिति जुर्न सकेको छैन ।

उनले यो वर्ष आफूहरुको विवाह नहुने बताएकी छन् । ऋचाको रिसेप्सन पार्टीमा मौसमलाई चुनौती दिँदै खरानी रंगको साडी र घाँटीतर्फको भाग खुलेको ब्लाउजमा सजिएकी उनले आफ्नो विवाहको बारेमा पनि मुख खोलिन् । ‘यो वर्ष नै विवाह गर्ने तयारी थियो,तर हामीले आफन्तहरुको समय नमिलेका कारण गर्न सकेनौँ । पहिलो साइत सरेपछि दोस्रो साइत जुराउन गाह्रो भएको छ ।’ प्रियंकाले अब अर्को वर्ष मात्र विवाह हुने बताएकी छन् ।

ऋचाको रिसेप्सन पार्टीमा प्रियंका आमाको साथमा पुगेकी थिइन् । तर, आयुष्मान भने उपस्थित थिएनन् । दुईलाई पार्टीमा एकसाथ नदेख्दा उनीहरुको सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल काटिएको छ । तामझामका साथ दुईपटक इन्गेजमेन्ट भैसके पनि विवाह हुन नसक्दा अब उनीहरुको विवाह हुनेमा धेरैको शंका छ । केहि दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै आयुष्मानलाई भनिन्, ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’ कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न अत्याधिक मनपर्छ । १. तिम्रो हात समात्नु ।, २. तिम्रो जोक्समा हाँस्नु ।, ३. तिमी सँगसँगै हिँड्नु ।, ४.सोफामा आरामले सँगै सुत्नु ।, ५. तिम्रो आँखामा हेर्नु ।, ६. तिम्रो ओठमा दैनिक चुम्बन गर्नु । ’उनको यो पोष्टमा आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह आइ लभ यु’ । प्रियंकाको पोष्टमा धेरै जनाले कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!