मंगलबार, पौष ०८, २०७६ || 957  पटक पढिएको

हिपमत डटकम
ईटहरी,पौष ८ गते। चर्चित म्यूजिक भिडियो निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३२ दिनमा चलचित्रको सोमबार सुटिङ सकिएको हो । निर्माता अर्जुन कुमारले अब चलचित्रको एक गीत खिच्न बाँकी रहेको बताए । उक्त गीत केही हप्तामा खिचिने उनी बताउँछन् । चलचित्रको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई घोषणा गरिएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको प्रमुख भूमिका छ । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बनेको बताउँछन् । तर, चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । ‘चपली हाइट’ को अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो । त्यस्तै, निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि चलचित्र ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

यौन मनोविज्ञानमा निर्माण भएको चलचित्र ‘चपली हाइट’ बाट अभिनेत्री विनिता बरालले डेब्यू गरेकी थिइन् । उनको बोल्ड सिनका कारण चलचित्रले बदनामीसँगै राम्रो दाम पनि कमायो । यसको दोस्रो श्रृंखलाले भने निर्माताको लगानी उठाएन । तर, निर्माता अर्जुन चलचित्रको सिरिज निर्माण गर्न रोकिएका छैनन् । ‘चपली हाइट ३’ ले कस्तो व्यापार गर्ला ? धेरैलाई यसबारे चासो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!