हिपमत डटकम
ईटहरी,पौष ८ गते।नेपालमा पछिल्लो समय फ़्रेञ्चाईज शोहरुको चर्चा परिचर्चा निक्कै चलिरहेको छ । एक पछि अर्को गर्दै अन्तराष्ट्रिय फ़्रेञ्चाईज शोहरुले एकातिर नेपालि टेलिभिजनमा राम्रै स्थान पाईरहेको छ । भने अर्कातिर बिल्कुलै नेपाली मौलिक कला सस्कृती र आफ्नै यथार्थ घटनामा आधारित भएर व्यंगात्मक शैलीमा दर्शकहरुलाई मनोरंजन गर्ने उद्देश्यले मुन्द्रे अर्थात् जितु नेपालले संचालन गर्दै आएको टेलिभिजन शो “मुन्द्रेको कमेडी क्लब” आज सम्म आइपुग्दा ६० एपिसोड पुगेको छ । जसमा हिजो अर्थात सोमबारको एपिसोडमा दर्शकहरुले धेरै रुचाइएको तथा बुढा होस् या त् तन्नेरी सबैको मुखमा झुण्डिएको गित “गलबन्दी” का गायक प्रकाश सपुत र शान्ति श्री परियार उपस्थित थिए ! हेर्नुस भिडियो :

यो एपिसोडमा देश तथा बिदेशमा अत्याधिक रुचाइएका गलबन्दीका गायक तथा गायिकालाई निम्त्याउदा माहौल निक्कै नै रमाईलो बनेको थियो । एपिसोडमा हास्यव्यंग्य र कुराकानी त छदै छ । यता गलबन्दीकै लयमा दोहोरि चल्दा शो हेर्न लायक देखिन्थ्यो । शो मा गलबन्दी दोहोरि मुख्य रुपमा प्रकाश सपुतको फ़ुलन्देकि आमा र काउली बुढि संग घम्साघम्सी चलेको थियो । यस्तै मुन्द्रे र शोको अध्यक्षको रुपमा रहेकी कलाकार तथा निर्देशक दिपा श्री निरौला संगै गलबन्दिकि गायिका शान्ति श्री परियारले पनि दोहोरि घम्साघम्सी गरेका छन् ।

मुन्द्रेको कमेडी क्लबमा दर्शकहरुको माग अनुसार प्रत्यक हप्ता छुट्टा-छुट्टै बिसेष अतिथि तथा सेलिब्रेटिलाई निम्त्याईने गरिन्छ । जितु नेपाल लगायत दीपा श्री निरौला, राजेन्द्र नेपाली ‘लट्टे’, उमेश राई ‘फ़ुलन्देकि आमा’, सन्ध्या बूढा ‘काउली बुढि’ लगायत कलाकारले प्रत्येक एपिसोडमा पूर्ण रुपमा मनोरंजन दिएर दर्शकहरुलाई हसाउने गर्दछन । धेरै दर्शकहरुले रुचाइएको उक्त शोमा बेला-बेला अन्य बिशिस्ट व्यक्तिहरुको पनि उपस्थित हुने गर्दछ । उक्त शोको निर्देशक रबि शर्मा हुन भने सह-निर्माता रबिन्द्र कुमार रिजाल हुन । उक्त शोमा दर्शकहरुकै रोजाइका कलाकार आउने भएर संगै कमेडीको फुल प्याकेजका कारण पनि धेरै दर्शकहरुले अत्यधिक मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!