मंगलबार, पौष ०८, २०७६ || 1273  पटक पढिएको

हिपमत डटकम
विराटनगर,पौष ८ गते।विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको ‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ ।
यतिसम्म कि विद्यार्थी दर्शकको चापका कारण आयोजकले भुइँमा गुन्द्री ओछ्याएर हेराउनुपर्ने अवस्था सिर्जना भएको छ । हरेक शोमा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेरिरहेका छन् । नाटकघरको सिट क्षमता २ सय २५ हो ।
वरिष्ठ साहित्यकार परशु प्रधानको कथामा आधारित छिडीभरिको आकाश मंसिर २८ गतेदेखि मञ्चन भइरहेको छ । विद्यालय र क्याम्पसहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाउन ल्याइरहेको आयोजक विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए । दुव्र्यसनले मानिसलाई कुन अवस्थासम्म पु¥याउँछ भन्ने सन्देशमूलक नाटकको नाट्य रुपान्तरण र निर्देशन कट्वालले गरेका छन् । ग्रामीण र सहरिया जीवनलाई सशक्त रुपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको पत्रकारसमेत रहेका आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितको भनाइ छ । “दुव्र्यसनका कारण एउटा परिवार कसरी ध्वस्त हुन्छ भन्ने विषय कारुणिक रुपमा प्रस्तुत गरिएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भएको छ,” नवोदितले भने, “नराम्रो काममा लाग्दा कस्तो परिणाम प्राप्त हुन्छ भन्ने सन्देश दिएकाले पनि विद्यार्थी मात्रै नभएर सबैले एक पटक यो नाटक हेर्नु जरुरी छ ।”
गत मंसिर २८ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नाटक मञ्चनको उद्घाटन गरेका थिए । विराटनगर मात्रै नभएर रंगेली, इटहरी, टंकीलगायतका विद्यालय र कलेजले समेत अग्रिम बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाउन ल्याइरहेको नवोदितको भनाइ छ । हालसम्म ५० वटाभन्दा बढी विद्यालय र कलेजका विद्यार्थीले नाटक हेरिसकेका छन् । कतिपय विद्यालय र कलेजले तीनवटा शोसम्म बुकिङ गरेर नाटक देखाएका छन् । विद्यार्थीबाहेक अन्य दर्शकको समेत आकर्षण बढेको कट्लवाले बताए । दर्शकको चापकै कारण नाटक मञ्चनको समयावधि बढाइएको छ । पुस ८ गतेसम्म मञ्चनको योजना भए पनि पुस १४ गतेसम्म मञ्चन हुने भएको छ ।
नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेको छ । समाजसेवी विश्वकान्त दाहालले सहयोगीको भूमिका निर्वाह गरेका छन् भने मोरङ हिसान र प्याब्सन विराटनगरसँग सहकार्य रहेको छ । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय रहेको छ । व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य छन् । मञ्चले यो नाटक यसअघि पनि आरोहण गुरुकुलमा दुईपटक मञ्चन गरिसकेको छ । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटकसमेत मञ्चन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!