हिपमत डटकम
पोखरा,पौष ८ गते पोखरा नजिकै माछापुच्छ«े गाउँपालिका वडा नंं ६ अस्ताम गाउँमा शनिबार एक मृत शिशु फेला परेपछि त्यसको आमा पत्ता लाग्यो तर बाबु अहिले सम्म पनि पत्ता लागेको छैन । स्थानीय अबिबाहित केटीले बच्चा पाएर बारीको छेउमा गाडेको तथ्य पत्ता लागेको छ । प्रहरीको अनुसन्धान र गाउँलेहरुको आशंकामा उत्त बच्चाको आमा पत्ता लगाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ भने बच्चाको बाबुको पनि खोजि भईरहेको छ ।
गाउँबाट पोखरा झरेर पढ्न बसेकी केटीले किन यस्तो हर्कत गरिन् यस बिषयमा स्वयं घरबेटी र छरछिमेकलाई पनि थाहा छैन । करिब एक बर्ष अघिदेखी पोखरा सिमपानीमा डेरामा बस्दै आएकी उनी धेरैजस्तो कोठामै हुन्थीन् । ढोका थुनेर बस्ने र कोही कसैसंग नबोल्ने गरेको घरबेटी र छिमेकीले बताए । हेर्नुहोस् छिमेकी र घरबेटीसंग गरिएको कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!