नेपाल बाट भारत प्रवेश गर्न खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले क्वारेनटाईनमा लगेको छ । भारतको छपरा जिल्ला फ़रिद पुरा घर बताउने दुई जना भारतीय नागरिक वर्ष २३ को मो. अफ़रोज आलम र वर्ष २६ को मो. हुसेन अंसारी ले बिराटनगर १६ दरैया बस्ती को मक्कै खेतिको बाटोबाट भारत प्रवेश गर्न खोजेको अवस्थामा त्यहा खटिएको सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरीको टोलीले पक्राउ गरी क्वारेनटाईनमा पठाएको हो ।

पक्राउ परेका दुवैजना धरानमा लेबरको काम गरिरहेको बताउछ्न । कोरोना भाईरस संक्रमणले गर्दा नेपाल र भारत दुवै देश लकडाउनमा रहेको अवस्थामा नेपालबाट स्थानियहरुसमेत कसैले पनि प्रयोग गर्न न मिल्ने मकै खेतको बाटो हुदै भारत छिर्न लागेपछी पक्राउ परेका हुन । नेपाल भारत खुल्ला सिमाना भएको कारणले गर्दा अरुबेला बिराटनगर १६ मा पर्ने दरैया र टिकुलिया बस्ती लागुऔषध ओसार पोसार र लागुऔषध सेवन कर्ताहरुले प्रयोग गर्नेगरेको थियो । लकडाउनले गर्दा अहिले यो क्षेत्रमा जोकोहिलाई पनि प्रहरीहरुले विशेष निगरानी गरिरहेको बेला साझ ७ बजेको समयमा शंकास्पद अवस्थामा भेटिएका दुवैजनालाई बिओपि बखरी प्रमुख सशस्त्र प्रहरी निरिक्षक हरि शाहीले जिल्ला प्रशासन कार्यालय मोरङ संग समन्वय गरी बिराटनगर १५ रानीमा रहेको मस्जिद रानी मरकजमा क्वारेनटाईनमा राखिएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!