शनिबार, बैशाख २०, २०७७ || 1161  पटक पढिएको

प्रदेश एकका विभिन्न पेशा, व्यवसाय र क्षेत्रसंग सम्वन्धित युवाहरुले राष्ट्रिय एकताको लागि अनुरोध गरेका छन् । आज एक विज्ञप्ति प्रकाशित गर्दै संघिय, प्रादेशिक र स्थानिय सरकार, सरकारबादी दल, प्रमुख प्रतिपक्षी दल र अन्य राजनैतिक दलहरु लगायत बर्गिय संघ संगठन, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरु र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई टुटेर हैन जुटेर, फुटेर हैन मिलेर देश र नागरिकको पक्षमा राष्ट्रिय एकताको बाताबरण बनाई कोनोरा विरुद्धको लडाई सामुहिक रुपमा लडन हार्दिक अनुरोध गरेका छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीले देश आक्रान्त छ । देशको यो बिषम र अकल्पनिय परिस्थिती सामना सवै भएर गर्नु पर्छ । कोरोनाको प्रकोप, जोखिम र क्षतिलाई अहिले नै पूर्वानुमान गर्न सकिने अवस्था छैन । कोरोनासंग सघर्ष गर्नु पर्ने बर्तमान आवश्यकतामा अचानक देशको बदलिदो घटनाक्रमले हामीलाई चिन्तित र मर्माहत बनाएको छ । विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति, काशीनाथ चुडाल, सुजन दाहाल, दीपक खतिवडा , डा. विश्वराज काफ्ले, डा.शुसिल साह, अनिष खनाल, बिपिन बस्नेत, डा. ज्वाला कँडेल, तेजु प्रसाई, सन्देश लुइटेल, विष्णु बुढाथोकीले निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!