हिपमत डटकम
काठमान्डौ पौष ८ गते।के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।
जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिगँ्रदै जान्छ । मुटुरोग विशेषज्ञ डा। प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए ।

कडा खालको हृदयाघात (मुटुको बृहत् क्षेत्रमा रक्तप्रवाह अवरोध), मुटुको चालमा गडबडी, मुटुको जन्मजात समस्या, मस्तिष्कको रक्तनलीमा रगतको थेग्ला जमेर मस्तिष्कघात हुँदा, मुटुको ठूलो धमनी फुट्दा, फोक्सोका ससाना नलीमा थेग्ला जम्दा, मुटुरोगीको मुटु फेल हुँदा आकस्मिक मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् ।
चिसोमा मुटुको रक्त धमनी साँघुरिदा ब्लडप्रेसर बढ्ने डा। खनालले बताए ।

चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले गर्मीभन्दा जाडोमा समग्रमा हर्टअट्याकको घटना ५० प्रतिशतले बढ्ने देखाएको छ । यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हर्टअट्याकसमेत हुन सक्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!