लामो समयदेखि क्यान्सरबाट पीडित बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भयो । हरेक कदममा श्रीमानको ख्याल राख्दै आएकी नितु कपूर अहिले शोकमा डुबेकी छिन् ।

यो जोडी बलिउडमा निकै उदारणीय मानिन्छ । नितु सधैँ छायाजस्तै ऋषि कपूरको साथमा रहन्थिन् । नितु र ऋषि कपूरको प्रेम सम्बन्ध निकै चाखलाग्दो रहेको छ ।

ऋषि कपूरले बलिउडमा ‘बाँबी’ बाट डेब्यु गरेका थिए । उनको फिल्मको शुरुवाती वर्षहरुमा उनको कपालको स्टाइल र लुक्सले धेरै युवतीहरुलाई दिवाना बनाएको थियो । यसैबीच, उनको पहिलो फिल्मकी अभिनेत्री डिम्पल कपाडियासँग अफेयरको हल्ला समेत चलेको थियो ।

ऋषि कपूर र नीतुको पहिलो भेट सन् १९७४ मा भएको थियो । उक्त समयमा ऋषि कपूरको फिल्म ‘जहरीला इंसान’ को शुटिङ चलिरहेको थियो । त्यो समय नीतु १५ वर्षकी थिइन् । फिल्मको सेटमा उनीहरुको भेट भयो । दुवै एकअर्काका साथी भए । निकै गहिरो दोस्ती भयो । सेटमा ऋषिले नितुलाई निकै सताउँथे । उनीहरुबीच निकै झैझगडा पनि हुने गथ्र्यो तर त्यही रिस प्रेममा परिणत भयो ।

नितुसँग भेट हुनुभन्दा पहिले ऋषिकी अर्की प्रेमिका थिइन् । उनको प्रेमिका उनीसँग रिसाइरहन्थिन् । प्रेमिका रिसाएको बेला ऋषिले नितुलाई प्रेमिकाको लािग प्रेमपत्र लेख्न लगाउँथिन् । यसैकारण पनि नितु र ऋषि निकै नजिक आए । धेरै समय एकअर्कासँगै बिताउन थाले । दुवैले एकसाथ फिल्ममा पनि काम गर्न शुरु गरे । र, अन्ततः उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो ।

उनीहरुले सन् १९८० जनवरी ११ मा धुमधामसँग विवाह गरे । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!