हिपमत डटकम

मंगलबार, पौष १५, २०८२ || 77  पटक पढिएको

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी परित्याग गरेका डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन्। जातीय क्लस्टरको पहिलो नम्बरमा उनको नाम समावेश गरिएको छ।

श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका परियारले पुस ११ गते नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए। यसअघि मङ्सिर ५ गते बुटवलमा आयोजित एक कार्यक्रममा अभद्र शैलीमा अभिव्यक्ति दिएको आरोप लगाउँदै हर्क साम्पाङले पुस ७ गते उनलाई पार्टीबाट निलम्बन गरेका थिए।

अस्ट्रेलियाबाट विद्यावारिधि हासिल गरेका डा. परियार मानवशास्त्री हुन्। उनले समाजमा विद्यमान जातीय विभेदविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!