शुक्रबार, बैशाख १९, २०७७ || 1119  पटक पढिएको

संसारभरी कोरोनाभाइरसका कूल ३२ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने १० लाख व्यक्ति निको भएको खबर छ । १० लाख व्यक्ति निको भएको अर्थ के हो ? कोभिड–१९ मा मृत्युदर निकै कम छ । यसको अर्थ यो हो कि ३२ लाख व्यक्तिमध्ये धेरैजना निको हुनेछन् ।

यद्यपि, निको हुनका लागि लामो समय लाग्नसक्छ । यस्तोमा प्रश्न यो उठ्छ कि कति व्यक्ति निको होलान् ? पक्कै पनि यो मृत्युदरमा निर्भर हुनेछ ।

मेडिकल जर्नल द लासेन्टका अनुसार कोभिड–१९ को मृत्यदर एन्फ्लुएन्जाभन्दा ०.१ प्रतिशत बढी छ भने सार्सको तुलनामा ९.५ प्रतिशत कम छ । लासेन्ट जर्नलले भनेको छ, ‘यदि तपाईं क्रुज शिपमा संक्रमणको दर हेर्नुहुन्छ भने यहाँ मृत्युदर करिब एक प्रतिशत छ । यद्यपि, यहाँ परीक्षणको सुविधाको अभाव थियो ।’

उक्त जर्नलमा भनिएको छ, ‘हरेक देशमा परीक्षणको स्थिती भिन्न–भिन्न छ । क्रुज शीपमा शत प्रतिशत परीक्षण दर भएको संसारभरी कुनै पनि देश छैन ।’

‘जहाँ कोरोनाको स्पष्ट लक्षण छ र परीक्षण गरिएको छ, त्यहाँ मृत्युदर एक प्रतिशतभन्दा बढी छ । यो साँचो हो कि ठूलो संख्यामा यस्ता संक्रमित पनि छन् जसबारे आधिकारिक रुपमा जानकारी छैन । ’ एजेन्सी

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!