शुक्रबार, बैशाख १९, २०७७ || 755  पटक पढिएको

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै गुप्तचर एजेन्सीको जानकारीभन्दा ठिक विपरित कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको र यसको आफूसँग प्रमाणसमेत भएको दाबी गर्दै आएका छन् ।

यसअघि अमेरिकाको नेशनल इन्टेलिजेन्स डायरेक्टरको अफिसले कोरोनाभाइरस जनावरबाट आएको वा कुनै प्रयोगशालामा बनेको भन्ने बारे आफूहरुले अनुसन्धान गरिरहेको जानकारी दिएको थियो । यद्यपि, उक्त अफिसले भाइरस कुनै व्यक्तिले जानीजानी नबनाएको भन्ने कुरामा आफूहरु पूर्ण रुपमा विश्वस्त भएको पनि बताएको थियो ।

यता चीनले ‘ल्याब थ्योरी’लाई खारेज गर्दै कोभिड–१९ बारे अमेरिकाको धारणाको विरोध गरेको छ । गत वर्षको अन्त्यमा चीनको ऊहान शहरबाट सुरु भएको भाइरसद्वारा हालसम्म ३३ लाख बढी संक्रमित भइसकेका छन् भने २ लाख ३४ हजार बढीको मृत्यु भइसकेको छ ।

इन्टेलिजेन्स चीफको भनाई के छ ?

अमेरिकाको गुप्तचर एजेन्सीको निगरानी गर्ने डायरेक्टर अफ नेशनल इन्टेलिजेन्सको अफिसले बिहिबार कोभिड–१९ को प्राकृतिक उत्पत्तिको मामलामा व्यापक वैज्ञानिक आम सहमती भएको बताएको छ ।

अफिसले भनेको छ, ‘इन्टेलिजेन्स कम्युनिटीले सार्वजनिक भइरहेका नयाँ जानकारी र इन्टेलिजेन्सको आफ्नै अनुसन्धान जारी राख्नेछन् । यसमार्फत् कोरोनाभाइरस संक्रमित जनावरको सम्पर्कमा आएपछि फैलियो वा प्रयोगशालामा विकसित भएको कुनै दुर्घटना हो कि भन्ने बारे पत्ता लगाउनेछ ।’

अमेरिकी इन्टेलिजेन्सले पहिलो स्पष्ट बयान दिँदै यसमा कुनै पनि षड्यन्त्र नभएको बताएको थियो । अमेरिकाले चीनमाथि र चीनले अमेरिकामाथि कोरोनाभाइरसलाई एक जैविक हतियारको रुपमा प्रयोग गरिएको भन्दै एक–अर्कामाथि षड्यन्त्र रचेको आरोप–प्रत्यारोप गर्दै आएका छन् ।

तर कोरोनाभाइरस प्रयोगशालामा बनेको हो भन्ने दाबीलाई पूर्ण रुपमा अस्विकार गरिएको पनि छैन । यसको कारण के हो ? ट्रम्पले हालै महामारीको विषयमा चीनमाथि मौखिक आक्रमण सुरु गरेका छन् । यसअघि ट्रम्प प्रशासनका अधिकारीले चीनसँगको विवाद रोकिएको बताएका थिए ।

तर बुधबार राष्ट्रपति ट्रम्पले भने, ‘चीनले नोभेम्बरमा हुने चुनावमा म हारोस् भन्ने चाहन्छ ।’ यसअघि ट्रम्पले चिनियाँ अधिकारीमाथि उनले सुरुवाती समयमा नै भाइरसको जानकारी लुकाएको र चीनले संक्रमण फैलनबाट रोक्न सक्थ्यो भन्ने आरोप लगाएका थिए । उनले विश्व स्वास्थ्य संगठनको पनि आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको आर्थिक सहयोग रोकेका छन् ।

यसैबीच चीनको विदेश मन्त्रालयले ट्रम्प प्रशासनले संकट सम्हाल्न नसकिरहेकाले अरु नै कुरामा ध्यान केन्द्रीत गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । मन्त्रालयका एक प्रवक्ताले पनि कोभिड–१९ अमेरिकाबाटै निस्किएको आरोप लगाए । वासिङ्टन पोस्टका अनुसार ट्रम्प प्रशासनले चीनलाई आर्थिक सजाय दिने तरिका खोजिरहेको छ । एजेन्सी

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!