मंगलबार, पौष ०८, २०७६ || 1206  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष ८ गते गायक पदम भट्टराईको स्वरमा रहेको ‘कहिँ कतै तिम्रो सम्झनामा’ बोलको गीत सार्वजनिक भएको छ । गणेश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ । काठमाडौंका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयं फिचर्ड छन् । उनीसँगै मोडल सोनिका केसी पनि देखिएकी छन् ।

गायक भट्टराई आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टूडियोले गरेको हो । गीतले पदम र सोनिकाको प्रेम भाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गायक भट्टराईले यसपटक आफूले दर्शक तथा स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए ।

क्यानाडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहिँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन् । सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी चाँडै नयाँ गीत पनि लिएर आउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!