बुधबार, बैशाख १७, २०७७ || 596  पटक पढिएको

लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै सङ्केत नदेखिएपछि खान र बस्न सङ्कटमा परेका उनीहरूलाई गृह जिल्ला फर्काउन पहल गरिएको हो । आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार लामो समयको लकडाउनका कारण अन्य जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपनबासीको लगत सङ्कलन भइरहेको छ । जुन ठाउँमा रहेका छन् सकेसम्म उक्त ठाउँमै राहतको व्यवस्था मिलाउन आवश्यक छलफल भइरहेको समेत नगरप्रमुख राईले जानकारी दिनुभयो । सङ्खुवासभाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौँमा बस्दै आएका नागरिकहरुले जनजीवन दिनप्रतिदिन कष्टकर बनेको भन्दै आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका छन् । सम्बन्धित निकायसँगको समन्वयमा पूर्ण सचेतनाका साथ उनीहरुलाई घर फर्काउन पहल शुरु गरिएको काँग्रेस नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी नागरिकलाई तीन दिन अघि गाडी रिजर्भ गरेर राज्यमन्त्रीकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएकोसमेत नगरप्रमुख राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!