हिपमत डटकम
बिराटनगर,पौष ४ गते।नेपाली सिने उधोगमा लामो समय बिताएकी नायिका निरुता सिह पछिल्लो समय दाल भात तरकारी फिल्म खेलेर पुन: नेपाली फिल्ममा आगमन गरिन । उनै निरुता अहिले ईन्डियन आईडलमा पुगेकी छन् । एक फेसबुक पोस्ट तथा फोटोहरुको कलेक्सन भिडियो आफ्नो फेसबुक आईडिमा सार्बजनिक गर्दै उनले यो कुराको जानकारी गराएकी हुन् ।
उनी लामो समयदेखि मुम्बईमा छिन् । नेपाली अभिनेत्रीको रुपमा ईन्डियन आइडल शोमा पुगेकी हुन । ईन्डियन आईडलमा निरुताले एकदमै राम्रो समय विताएको कुरा पनि उल्लेख गरेकी छन् ।
अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद’ । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् ।