आइतबार, बैशाख १४, २०७७ || 654  पटक पढिएको

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ । अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बतउनुभयो । जुगलमा आवतजावतमा रोक स्थानीय तहले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले आवागमन रोकेको छ । दैनिक ज्यालादरी मजदुरी गर्ने र काठमाडौँ उपत्यकामा अलपत्र परेका जुगलबासीको परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन भने गाउँपालिकाले पहल गरिरहेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको सङ्कल्प प्रस्तावमा जस्लाई जहाँ समस्या परेको हो, त्यहाँ त्यहीरुपमा समाधान गर्ने जनाइएको छ । पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाडीमा कोचाकोच गरेर धमाधम मानिस ल्याउने प्रवृत्ति देखिएकाले आफूहरु कडाइ गर्न विवश भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!