
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ पूर्ण रूपमा नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको छ।

पार्टीका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार यसअघि प्रतिनिधि सभा वा राष्ट्रिय सभामा सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालेका कुनै पनि नेताहरूलाई समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरिएको हो। प्रत्यक्ष वा समानुपातिक दुवै माध्यमबाट निर्वाचित भइसकेकाहरूलाई यसपटक सिफारिस नगरिने स्पष्ट गरिएको छ।
आज समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन परेकाले सोही अनुसार सिफारिस सूची तयार गर्दै सबै नयाँ अनुहार समेटेर निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको नेकपाले जनाएको छ।