आज २६ अप्रिल । सन् १९७५ मा भारतको संसदबाट संविधान संशोधन विधेयक पारित भएको दिन । योसँगै सिक्किम भारतको २२ औँ राज्य बनेको थियो । २३ अप्रिलमा लोकसभाबाट यो संशोधन पारित भइसकेको थियो । राज्यसभाबाट पनि पारित भएपछि १५ मे १९७५ मा भारतीय राष्ट्रपति फखरुद्दिन अली अहमदले यो विधेयक प्रमाणीकरण गरे, त्यसपछि सिक्किम भारतको राज्य बन्यो ।

सन् १९७५ अघिसम्म सिक्किम स्वतन्त्र राज्य थियो र नामग्याल राजवंशले यहाँ शासन गरिरहेको थियो । तर सन् १९६२ को भारत–चीन युद्धपछि भारतले यहाँ आँखा गाढेको थियो । भूटान, चीन र सिक्किमका त्रिदेशिय सीमाक्षेत्र नजिकै पर्ने चीनको चुम्बी उपत्यकाबाट उत्तरी भारत केवल २१ माइल्स टाढा थियो । त्यसैले सिक्किमको रणनीतिक महत्त्व बुझेरै भातरले यहाँ हस्तक्षेप निम्त्याएको थियो ।

सन् १९७४ को अप्रिलमा भएको आम निर्वाचनमा भारतनजिक मानिएको सिक्किम नेसनल कँग्रेस विजयी बनेको थियो । चुनावपछि बनेको नयाँ सरकारले नागरिक र राजनीतिक स्वतन्त्रता बढाउने प्रयास गरेको थियो । मे महिनामा सरकारले गभर्मेन्ट अफ सिक्किम एक्ट पास गर्यो जसले भारतसँग झन् नजिक बनायो । सन् १९७४ जुलाई ४ मा संसदले नयाँ संविधान पास गर्यो जसले सिक्किमलाई भारतसँग बिलय हुने आधार तय गर्यो । सिक्किमका राजा पाल्देन थोन्दुप नामग्यालले दबाबबीच यसमा हस्ताक्षर गरे ।

सन् १९७४, ४ सेप्टेम्बरमा भारतको लोकसभाले सिक्किमलाई ‘एसोसिएट’राज्य बनाउने पक्षमा मतदान गर्यो भने राज्यसभाले ८ सेप्टेम्बरमा संशोधनमा मतदान गर्दै अन्य राज्य सरह मान्यता दियो । सिक्किमका राजाले जनमत संग्रहको माग गरे ।

सन् १९७५, ५ मार्चमा राष्ट्रिय कँग्रेसले सिक्किमलाई भारतमा बिलय गर्ने कुरा दोहोर्यायो भने राजाले पुनः जनमतसंग्रहको माग गरे ।

९ अप्रिलमा भारतको सेना सिक्किममा प्रवेश गरेर दरबारका एक सैनिकको हत्या गर्दै राजालाई नजरबन्दमा राख्यो । सन् १९७५, १० अप्रिलमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सहयोगमा सिक्किमको संसदले भारतको राज्य बन्ने निर्णय गर्यो ।

१४ अप्रिलमा जनमतसंग्रहको मिति तय गरियो । जसमा ६१ हजार बढीले मतदान गरेका थिए । मात्र २.४५ प्रतिशतले राजतन्त्रको पक्षमा मतदान गरे ।

सिक्किम भारतको सबैभन्दा कम जनसंख्या भएको राज्य हो । यहाँको जनसंख्या झन्डै ६ लाख ७१ हजार छ ।

अन्य घटनाक्रम

सन् १६५४– यहूदीहरुलाई ब्राजिलबाट निकालियो ।

सन् १९५९– क्युवाद्वारा पानामामाथि आक्रमण ।

१९६२ – पहिलोपटक अमेरिकी अन्तरिक्ष यानले चन्द्रमाको सतह छोयो ।

१९७४– माल्टाद्वारा संविधान अङ्गिकार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!