शनिबार, बैशाख १३, २०७७ || 597  पटक पढिएको

प्रदेश नं २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । यस सम्बन्धमा प्रदेश नं २ को समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराउनुभएको हो । उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि पिसीआर मेसिनबाट परीक्षणका लागि स्वाब लिएर राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यहाँबाट वैशाख ११ गते किशोरको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलनका लागि टोली खटिएको हो । दिल्लीमा बस्दै गरेका किशोर चैत २३ गते भारतको चम्पारण जिल्लास्थित ढाकाको क्वारेन्टाइनमा आठ दिन बसेका थिए । त्यहाँबाट उनीसहित आठ जना एम्बुलेन्समा बसेर रौतहटको बैरगनिया आएको र त्यहाँबाट एक जनालाई साथमा लिएर आफ्नो घर हरकट्वा आइपुगेको सचिव डा घिमिरेले बताउनभयो । परिवारका सदस्यले उनलाई घरमा बस्न नदिएपछि स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । किशोरको यात्राका साथै सम्पर्क गरेको व्यक्तिको खोजीकार्य पनि भइरहेको उहाँले बताउनुभयो । यसैबीच प्रदेश नं २ मा एक हजार ५०० जनाको स्वाब सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रका छ र प्रदेशका दुई गरी आठ स्वास्थ्यकर्मी टोली प्रदेशका आठवटै जिल्लामा परिचालन भएका छन् । सो टोलीलाई स्थानीय स्वास्थ्यका प्राविधिकले समेत सहयोग गर्नेछन् । ती स्वाबको रिपोर्टपछि यस प्रदेशमा कोरोनाको वस्तुस्थितिबारे जानकारी प्राप्त हुने उहाँले बताउनुभयो । यस प्रदेशमा अहिलेसम्ममा चार हजार ३३१ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७१५, सिरहामा ३२१, धनुषामा ३१०, महोत्तरीमा १५०, सर्लाहीमा १२५, रौतहटमा ४४१, बारामा १२९ र पर्सामा दुई हजार ९८ को आरडिटी परीक्षण गरिएको हो । यसका साथै ६६६ जनाको पिसीआर गरिएकामा ६१६ को रिपोर्ट नेगेटिभ आएको, ४५ को रिपोर्ट आउन बाँकी रहेको छ भने पाँच कोरोना सङ्क्रमित छन् । ती पाँचै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस प्रदेशमा एक हजार ३६६ क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!