शुक्रबार, बैशाख १२, २०७७ || 721  पटक पढिएको

पछिल्लो समय भारतीय सीमा क्षेत्रबाट हुने अवैध आयात निर्यातमा प्रहरीले कडाइ गरेको छ । कडाइ गरेसँगै भन्सार छली गरेर भित्र्याइएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन् । साउनयता मात्रै रु ९१ लाख ५ ३ हजार २० रुपैयाँ मूल्य बराबरका भन्सार छली नेपाल भित्रियाइएका विभिन्न सामान तथा ती सामानको ढुवानीमा प्रयोग हुने सवारी साधन प्रहरीले भन्सार कार्यालयमा बुझाइसकेको छ । अघिल्लो आर्थिक वर्षमा रु एक करोडभन्दा कम मूल्याङ्कनको सामान भन्सार बुझाएको प्रहरीले जनाएको छ । केही दिन पहिला प्रहरीले भन्सार छलेर भारतबाट मोटरसाइकलमा नेपालतर्फ तस्करी भइरहेको लाखौँको सामानसहित अवैध ओसारपसारमा संलग्न पाँच जनालाई समेत नियन्त्रणमा लिएको छ । मलङ्गवा नगरपालिका–८ तथा ब्रम्हपुरी गाउँपालिका–६ बाट बुधबार विभिन्न किसिमका लत्ताकपडा, हार्डवेयरका सामान, धनियाँ र सूर्ती नेपालतर्फ मोटरसाइकलमा भित्र्याइरहेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । बरामद सामान र उक्त सामान ओसार्न प्रयोग भएको चार मोटरसाइकलको रु चार लाख ७९ हजार ५०० मूल्याङ्कनसहित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान ओसार्दै गरेको अवस्थामा पक्राउ परेका सर्लाही ब्रम्हपुरी गाउँपालिका–६ का ४५ वर्षीय मनोज यादव, सोही ठाउँका २४ वर्षीय रमेश महतो, भारत सितामाढी सोनवर्षाका २६ वर्षीय प्रदेश कुमार, २७ वर्षीय अजयकुमार दास र २३ वर्षीय विमल कुमारलाई समेत आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । बिगो बराबरको रकम धरौटी राखेर अभियुक्तहरु भन्सार कार्यालयबाट रिहा भएका छन् । चाडबाडको समय सुरु भएसँगै भारतबाट नेपालतर्फ लत्ताकपडा, तेल, चिनी, हार्डवेयर सामग्री, किराना सामान, विद्युतीय सामानलगायत विभिन्न खाले सामानहरु भन्सार छली गरेर लुकाइछिपाइ नेपालतर्फ भित्र्याउने गिरोह सक्रिय हुने भएकाले सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । केही महिना अघिसम्म भारतबाट खुलेआमरूपमा भन्सार छलीका सामान तस्करी भइरहेको गुनासो बढेको थियो । पछिल्लो समय भने प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै तस्करीका सामान र ओसारपसारमा संलग्न धमाधम पक्राउ पर्न थालेका छन् । नेपाल प्रहरीको प्रदेश नं २ का प्रमुखको रुपमा डिआइजी प्रद्युम्न कार्कीले जिम्मेवारी सम्हालेसँगै सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रदेशभित्रका आठवटै जिल्लामा प्रहरीले कडाइ गरेको एक जानकारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!