पहिरो हटाएर सडक सफा गरिएपछि रुकुममा खाद्यान्न ढुवानीमा सहज भएको छ । गत वर्ष चैत पहिलो हप्ता परेको वर्षाका कारण खसेको पहिरो हटाइएपछि देउखोला खण्डको बाटो पुनःसञ्चालन भएपछि सर्वसाधारणलाई आवागमन र खाद्यान्न ढुवानीमा सहजता आएको हो । बालुवा–देउखोला सडकखण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका वडा नम्बर ५ को उवाबाङमा गत वर्ष चैतमा पहिरो झरेको थियो । त्यसबाट सडक अवरुद्ध भएपछि नागरिकलाई आवतजावत र सामान ढुवानी गर्न समस्या भएको थियो । लकडाउनका बेला अहिले गाउँतिर खाद्यान्न अभाव हुन थालेपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा बाटो खुलाइएको हो । तीन दिनसम्म लगातार डोजर लगाएर माथिबाट झरेको पहिरो हटाइएपछि सडक चलेको सिस्ने गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । यसपटक स्थानीय युवाले भीरमा झुण्डिएका ढुङ्गा हटाएर एमबी ग्रुपको डोजरमार्फत बाटो खुलाएको गाउँपालिकाका प्रवक्ता केसीको भनाइ छ । बाटो पुनः सञ्चालन भएपछि सिस्ने १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका ७, ८, ९ र १४ का नागरिकलाई सहज भएको छ । बाटो खुलेसँगै कोरोनाको कारण भएको लकडाउनमा अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्समार्फत बिरामीलाई ओसारपसार गर्न सहज हुने केसीले बताउनुभयो । लकडाउन अवधिभर सोही बाटो भएर गाडी पुग्ने ठाउँसम्म र सडक नपुगेका गाउँमा खच्चरमार्फत खाद्यान्नलगायत अन्य सामान ढुवानी गरिने छ । असिनाले कृषि उत्पादनमा क्षति लकडाउनका कारण सजिलै हिउँदे बाली स्याहार्न नपाएका किसानलाई मंगलबार परेको असिनापानीले थप नोक्सान पु¥याएको छ । यस क्षेत्रका पहाडी जिल्ला रुकुमपूर्व, प्युठानलगायत र तराईका कपिलवस्तुमा असिनापानीले फलफूल, तरकारी र हिउँदे अन्नबालीमा नोक्सान पु¥याएको छ । करीब एक महिनाअघि परेको अविरल वर्षासँगै असिनाले अर्घाखाँची, प्युठानलगायत जिल्लाका कृषि बालीमा नोक्सान पुु¥याएको थियो । पटकपटकको नोक्सानीका कारण किसानले यस वर्ष राम्रो उल्पादन लिन सकेका छैनन् । रुकुम (पूर्व) मा मङ्गलबार परेको असिनापानीले लाखौँको क्षति पुगेको छ । सुन्तलाको मुख्य क्षेत्र मानिने सिस्ने ७ र ८ मा असिनापानीले ठूलोे क्षति पुगेको छ । असिनापानीले फूल खेल्दै गरेको सुन्तला, ओखर, कागती र गहुँबालीमा क्षति पुगेको छ । वडा नं. ७ र ८ मा मात्र असिनापानीले रु २५ लाख भन्दा बढीको क्षति पु¥याएको सिस्ने ८ का पलबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वडाका लम्पाकोट र झिमखोला, वडा नम्बर ७ का कानेबाङ, सानचौरलगायत ठाउँमा लगाइएको सुन्तला, कागती, ओखर र गहुँबालीमा क्षति पुगेको छ । चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका २ मा रहेका जैविक कृषि फर्ममा उत्पादन भएको रु पाँच लाख बराबरको सिमलामिर्च मंगलबार परेको असिनापानीले नोक्सानमा परेको फर्मका सञ्चालक नहकुल विकले बताउनुभयो । दश कट्ठामा उत्पादन भएको सिमलामिर्च खेतमै कुहिने अवस्थामा पुगेको छ । लकडाउनले बजारमा बेच्न नसकिरहेको बेला असिनापानीले नोक्सान भएको उहाँको भनाइ छ ।