कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी ‘एन्टी भाइरल’ औषधी फेल भएको खबर छ । यो पहिलो ट्रायलमा फेल भएको बताइएको छ ।

यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको जानकारी पाइएको हो ।

रिपोर्टका अनुसार कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधी दिइयो भने बाँकी ७९ लाई प्लेसीबो । एक महिनापछि उक्त औषधी लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भयो ।

रिपोर्टका अनुसार रेमडेसिवियर औषधी दिएका बिरामीको रगतमा भाइरस कम भएनन् । यो फेल भएको रिपोर्ट विश्व स्वास्थ्य संगठनले विस्तारपूर्वक प्रकाशित गरेको थियो यद्यपि, पछि डब्ल्यूएचओले उक्त ड्राफ्ट गल्तीपूर्वक अपलोड भएको बताउँदै रिपोर्ट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!