बिहिबार, बैशाख ११, २०७७ || 818  पटक पढिएको

सर्लाहीका १४ वर्षीय किशोरमा कोरोना पोेजेटिभ देखिएपछि अहिले जिल्लाबासी त्रसित बनेका छन् । भारतको दिल्लीबाट गत चैत २३ गते नेपाल फर्केका सर्लाहीको धनकौल गाँउपालिका वडा नम्बर ५ बस्ने ती किशोरमा कोराना पोजेटिभ देखिएको हो । भारतबाट नेपाल फर्केका तीनलाई धनकौल गाँउपालिका वडा नम्बर ५ स्थित माविको क्वारेनटाइनमामा राखिएको थियो ।

वैशाख ५ गते उक्त क्वारेन्टाइनमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) चेक गर्दा तीनमा आरडिटी रिर्पोट पोजेटिभ देखिएको थियो ।

आरडिटि पोजेटिभ देखिएपछि थप जाँचका लागि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइयो । प्रादेशिक अस्पतालमा पिसिआर चेकजाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आए पनि शंंकास्पद देखिएपछि उनलाई धनकौल स्थित क्वारेन्टाइनमै राखेर उनको स्वाब पुनः परिक्षणको लागि काठमाडौं पठाइएको थियो ।

उक्त स्वाब पुनः चेकजाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले जानकारी दिए । ती किशोर चैत २३ गते आफ्ना एक साथीसँग रक्सौल नाका हुँदै नेपाल भित्रिएको प्रदेशसभा सदस्य उपेन्द्र महतोले बताए ।

सांसद महतोले भने– उनीसँगै नेपाल आएका उनको साथीको रिपोर्ट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको छ ।’

रिपोर्ट पोजेटिभ आएपछि ती किशोरलाई अब प्रादेशिक अस्पताल जनकपुर ल्याउने कि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल लग्ने भन्नेबारे छलफल भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

यता ती किशोरमा कोरोना पोजेटिभ देखेपछि सर्लाहीस्थित क्वारेन्टाइनमा केही बेर अघि लगिएको छ ।

यस वीचमा उनी कहाँ कहाँ गए, को कोसँग भेटघाट उनीहरु पनि खोजी भइरहेको सांसद महतोले बताए । ती किशोरको घरमा ५ जनाको परिवार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!