नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत चाईना भन्सार बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली मौलिक गीतहरुको संगीत संयोजनमा सबैको लागी तारिफयोग्य काम गरेका पुराना व्यक्तित्व कुन्दन राई अनि रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको यस गीतको शब्द नरेश खड्काले लेखेका हुन् भने डिल्लीराम राईले मौलिक संगीत गरेका हुन् । संगीत संयोजनका अलावा पाथिभरा रेकर्डिङ स्टुडियोमा कुन्दन राईले नै मिक्सिङ गरेको यस गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।
यस गीतको भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वालर रीचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् । क्यामेराको साथमा ड्रोनबाट समेत सुमन तामाङले छायाँकन गरेको भिडियोको सम्पादन हेमन तामाङ र निर्देशन सन्तोष ओमेगाले गरेका छन् । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ । मौलिक श्रृजनाका पारखीहरुले यस गीतको भिडियोलाई मन पराउँनेमा आफु बिस्वस्त रहेको अपेक्षा निर्देशक सन्तोष राई (ओमेगा)ले बताएका छन् ।

https://youtu.be/A6HmASjdYPE

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!