बिहिबार, बैशाख ११, २०७७ || 815  पटक पढिएको

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा पनि नबस्न सरकारले अपिल गरिरहेका समयमा स्वास्थ्यकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) लगायत सुविधा माग गरेका कारण प्रतिष्ठानले आफूलाई निस्काशन गरेको आरोप स्वास्थ्यकर्मी प्रकृति डिसीले लगाउनुभयो । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले १६ महिनादेखि मेडिकल वार्डमा कार्यरत घोराही १५ का स्टाफ नर्स डिसीलाई करार सेवाको म्याद थप गरेन । यसअघि प्रतिष्ठानमा कार्यरत आफूलाई पनि यही वैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको पत्र थमाएको चिकित्सक डा अमृता श्रेष्ठले गुनासो गर्नुभयो । स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवकाश दिइएको जानकारी दिनुभयो । “करार सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौंँ, सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई बिदा नदिने भनेको हो, म्याद सकिएका कर्मचारीलाई काममा लगाउनेबारे भनेको होइन”, रजिष्ट्रार देवले भन्नुभयो । कामु रजिष्ट्रार देवका अनुसार केही स्वास्थ्यकर्मी आफैँले राजीनामा दिएका छन् भने केहीको म्याद थप गरिएन । “कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र ? सोहीबमोजिम उहाँहरुलाई पत्र थमाइएको हो”, कामु रजिष्टार देवले भन्नुभयोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!