बुधबार, बैशाख १०, २०७७ || 809  पटक पढिएको

काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा बुधबार पनि काठमाडौंको खडिबुटीमा मानिसहरु पुगेका थिए । तर प्रहरीले भने रोकेको छ । खासगरी मंगलबार राती रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो । तरपनि मानिसहरु घर जाने भन्दै सयौंको संख्यामा जडिबुटी चोकमा भेला भएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ–आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो ।

लकडाउन लागू भएको एक महिना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ । जसका कारण पनि काठमाडौंबाट मानिसहरु हिँडेरै घर जाने क्रम बढेको थियो । तर केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरुलाई गन्तब्य सम्म लैजाँदै आएका छन् । त्यसैले बुधबार पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरु जडिबुटी चोकमा दिउसो देखि नै पुगेका थिए । उनीहरुले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन् । खाद्य सामग्री र ग्यास किन्न पाइएपनि महँगो हुने र आफुहरुसँग पैसा नभएकोले समस्या परेको गुनासो उनिहरुको थियो । यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनिहरुले बताए ।

सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन् । प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरु अन्यौलमा परेका थिए । काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!