हिपमत डटकम
ईटहरी ,पौष २।
नेपालको गायन क्षेत्रको चर्चित रियालिटी सो नेपाल आइडल सिजन-२ को बिजेता तथा कला र गला का धनि रवि ओड र सुरिलो स्वर कि धनि सरु गौतम को स्वरमा रहेको “निरमाया ” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । उक्त बोलको गीतको भिडियोमा सुरेन्द्र मल्ल को निर्देशन तथा भिम बि.सी.को संगीत रहेको छ ! निरमाया बोलको गीतको भिडियोमा टिकटक बाट अत्याधिक चर्चा मा आएका टुइन्स गर्ल प्रिस्मा र प्रिन्सी को साथ मा आकाश कार्की र हिमान्सु कार्की को अभिनय रहेको देख्न सकिन्छ । हेर्नुस भिडियो

सो गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी फुपुको घरमा बसेर बढ्ने गरेको र सुख दुखमा आकाश र हिमान्सुले साथ दिएको तर पछि उनीहरु छुटिनु परेको कथा बस्तु देखाउन खोजिएको छ भने प्रिज्मा र प्रिन्सी लाइ स्कुल ड्रेस मा समेत देख्न सकिन्छ । आकाश कार्की को निर्माण मा बनेको उक्त भिडियोलाई गम्भीर बिस्टले ले कोरियोग्राफ गरेका छन् भने छायाकार अर्जुन तिवारीले छायांकन गरेका छन् ।

नबिन निरौलाले सम्पादन गरेको सो भिडियोलाई धेरै दर्शकहरुले मन पराएका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।
उक्त भिडियोलाइ हाइलाइट नेपाल को आफ्नै अफ़िसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!