मंगलबार, बैशाख ०९, २०७७ || 884  पटक पढिएको

उदयपुरको एक मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालका चिकित्सकमा पनि त्रास देखियो । प्रदेश १ मा त्यसअघिसम्म एउटा पनि संक्रमित नभेटिएकाले कोरोनाको उपचार गर्नुपरेको थिएन ।

विराटनगरकै प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको थियो । त्यतिबेलाको घटना सम्झिँदै कोशी अस्पताल प्रमुख डा. संगीता मिश्रा भन्छिन् ‘रिपोर्ट काठमाडौं पठाएपछि त मलाई राति निद्रै लागेन, समन्वय पनि प्रभावकारी रुपमा भएको थिएन ।’

जब काठमाडौंबाट पनि उनीहरु संक्रमित भएको पुष्टि भयो, त्यसपछि शुक्रबार राति संक्रमितलाई उदयपुरबाट विराटनगर ल्याइने भयो । शनिबार बिहानबाट संक्रमितको उपचारका लागि फिजिसियन डा. दीपक सिग्देलको नेतृत्वमा पाँचजना डाक्टरको टोली खटिएको छ ।

शनिबारयता डा. भुपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण, डा. प्रमोद साहको टोली अस्पतालमा खटिएका छन । चार चिकित्सक अन ड्युटी र डा. सिग्देल अनकलमा बसेका छन् । १२ जनामा कोरोना संक्रमण देखिएको भोलिपल्ट सोही समूहका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भयो ।

हाल १३ जना संक्रमितलाई कोरोना विशेष अस्पतालको बातानुकुलित ठूलो हलमा राखिएको छ । उनीहरुको निगरानी सीसी क्यामेराबाट हुन्छ । आवश्यकताअनुसार चिकित्सक खटिएका छन् ।

‘बिरामी आएको दिन राति २ बजे घर पुगेँ’ मेसु मिश्रा भन्छिन् ‘अहिले पाँचजना डाक्टरको ड्युटी छ ।’ डाक्टरहरुलाई सहायता गर्न नर्सिङ स्टाफ, ल्याब टेक्निसियनसहित स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

संक्रमितले आफैं पकाउँछन् चिया

कोरोना अस्पतालका फोकल पर्सन डा. डेनप्रसाद आचार्यका अनुसार हाल उपचाररत १३ संक्रमित सहयोगी स्वाभावका छन् । एउटै हलमा राखिएका उनीहरु आफैं चिया बनाएर खान्छन् । चियाका लागि आवश्यक सामग्री अस्पतालले व्यवस्था गरिदिएको छ । खाना र खाजा कर्मचारीले पुर्‍याउँदै आएका छन् ।

‘उहाँहरु सहयोगी स्वभावको हुनुहुन्छ । मैले गफ पनि गरेको छु’ उनी भन्छन् ‘रिपोर्ट पोजेटिभ देखिए पनि कोरोनाको लक्षण अहिले देखिएको छैन ।’

संक्रमितमध्ये दुई जना विराटनगर महानगरपालिका १७ का हुन् भने ११ जना भारतको नयाँ दिल्लीका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!