नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालले सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा लागेको आरोप लगाउनुभएको छ ।सरकारले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्ने पाउने गरि अध्यादेश ल्याउने तयारी गरेसँगै यसको विरोध भइरहँदा नेता रिजालले पनि ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।सारा विश्व कोरोनाको महामारीसँग लडिरहेका बेला सरकारले बेअर्थको अध्यादेश ल्याएको भन्दै नेता रिजालले आश्चर्य प्रकट गर्नुभयो ।
सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा: नेता रिजाल https://t.co/otXr99qf9h
— Minendra Rijal (@MinendraRijal) April 20, 2020