सोमबार, बैशाख ०८, २०७७ || 708  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी बैठकलगत्तै राष्ट्रपतिभवन शितलनिवास पुगेका छन् । नेकपाभित्र विवाद चुलिएपछि उनी सचिवालय बैठक सकेर शितलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीको एकाएक शितलनिवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ । आजै मन्त्रिपरिषद बैठकले पारित गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश विवादमा परेको छ । यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरिसकेकी छिन् ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशमा एउटा विषय नयाँ छ । जसमा दलमा केन्द्रीय कमिटि वा संसदीय दल जुनसुकैमा ४० प्रतिशत सदस्य पुगेमा पार्टी विभाजन गर्न सकिने प्रावधान छ । तर, यो अध्यादेश ल्याउने सरकारले निर्णय गरेपछि नेकपाको प्रचण्ड समूहलाई झस्काएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!