खबर ठुलो छ

मनाङका सबै स्थानीय तहमा सरकारद्वारा उपलब्ध हुने ७० किसिमकै औषधि सञ्चित रहेको जनाइएको छ । मनाङ जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चार वटै स्थानीय तहका स्वास्स्थ्य शाखामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कार्यरत रहेको र नेपाल सरकारद्वारा प्रत्येक नागरिकलाई निःशुल्क उपलब्ध हुने ७० किसिमका औषधि चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म पुग्ने गरी पर्याप्त मात्रामा भण्डार रहेको स्पष्ट पारिएको छ । ती पालिकामा सिटामोललगायत औषधि अभाव भन्ने आशयका समाचार कतिपय सञ्चारमाध्यममा प्रकाशन भएकामा आपत्ति जनाउँदै जिल्लाका स्थानीय तहले भ्रमित सूचनाका पक्षमा नलाग्न आग्रह गरेका हुन् । औषधिहरु उपचारका क्रममा उपलब्ध गराइँदै आएको पनि जनाइएको छ । मनाङका गाउँपालिकाका अध्यक्ष नासोँका चन्द्र घले, चामेका लोकेन्द्र घले, ङिस्याङका कान्छा घले र नार्पाभूमिका प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई औषधि अभाव भन्ने खालको सूचनाको खण्डनका लागि आग्रह गरेका थिए । सो पत्रका आधारमा मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले सबै पालिकाका अध्यक्ष एवं प्रतिनिधिका धारणा सार्वजनिक गर्नुभएको हो ।

सोमबार, बैशाख ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया