शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित÷प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । डा पुनले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउनका लागि मन्त्रालयमा उपस्थित हुन पत्र प्राप्त भएको जानकारी दिनुभएको छ । सो विषयमा आज नै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तिमा उल्लेख छ । “यसलाई मैले वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु”, विज्ञप्तिमा भनिएको छ । उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध हुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!