आइतबार, बैशाख ०७, २०७७ || 947  पटक पढिएको

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या भएपछि उनीहरु मारमा परेका हुन् । सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित बनेका हुन् । स्थानीय हाटबजारहरु बन्द भएपछि किसानको तरकारी बिक्री हुन छाडेको छ । केही किसानले सामान्यरूपमा डोकोमा बोकेर ल्याएर थोरै मात्रामा बिक्री गरेपछि व्यावसायिकरूपमा तरकारी खेतीमा लागेका कृषकको तरकारी भने खपत नभएको हो । जसका कारण उनीहरुको तरकारी बारीमा कुहिन थालेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय कृषक गीता विष्टले भन्नुभयो, “बजारमा तरकारी बिक्रीका लागि लैजान नपाएपछि धेरै समस्या भएको छ, उत्पादित तरकारी गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।” हप्तामा शनिबार र बुधबार लाग्ने स्थानीय बजार बन्द भएपछि काउली, बन्दा, आलु, सागलगायत तरकारी बाली बारीमै कुहिन थालेको उनीहरुको भनाइ छ । खेतीपातीको सिजनमा लकडाउन भएपछि कामदार, बीउबिजन ल्याउन नसकिएको किसानले बताउने गरेका छन् । तरकारी बिक्री नभएपछि घर गर्जो टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । स्थानीय कृषक कमला थापाले भन्नुभयो, “तरकारी बिक्रीबाट घर खर्च जोहो गर्न निकै सजिलो थियो, बिक्री नहुँदा सबै तरकारी कुहिएर खेर गयो, बिक्रीका लागि लैजाने ठाउँ छैन, लकडाउनका कारण हामी कृषकलाई पनि धेरै समस्या थपिएको छ ।” भोजपुरको बोखिम, पोखरे, टक्सार, आमचेकलगायत ठाउँका कृषकले मुख्य गरेर सदरमुकाममा तरकारी बिक्रीका लागि ल्याउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!