आइतबार, बैशाख ०७, २०७७ || 824  पटक पढिएको

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ।

प्रदेश १ मा लामो समयदेखि बसिरहेका ११ भारतीयसहित १२ जनामा शुक्रबार संक्रमण पुष्टि भएपछि तनावको पारो उच्च भएको छ। १२ जनामा एक नेपाली छन्। उदयपुरको मस्जिदमा बसेका ती १२ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्र होइन, प्रदेशका अन्य १३ जिल्लामा पनि त्रास फैलिएको छ। प्रदेश सरकारले भने संक्रमितको उपचार प्रबन्ध र परीक्षणमा कुनै कसर नराख्ने भन्दै नआत्तिन सबैलाई अपिल गरेको छ।

प्रदेश सरकारले परीक्षण दर उच्च बनाउने, सीमा क्षेत्रमा सुरक्षा कसिलो पार्ने र अस्पतालहरुलाई उच्च तयारी अवस्थामा राख्ने योजना बनाएर तत्काल कार्यान्वयन गरिने जनाएको छ। ‘यी सबै काम तत्कालै तीव्र रुपमा हुनेछ’, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले भने, ‘संक्रमितको उपचार र सम्भावित जोखिममा रहेकाको परीक्षणमा कुनै कसर बाँकी राखिने छैन।’

‘सरकारको सतर्कताले कोरोना संक्रमण छेकेको’ प्रदेश १ ले दाबी गरिरहेको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!