मंगलबार, पौष ०१, २०७६ || 1262  पटक पढिएको

पुष्प आर.जे

नाम:-सुनौलो यात्राकी बेनामी साथी
बिधा :- कथा
प्रकाशन:- सुरभि साहित्य प्रतिष्ठान काठमाडौं
प्रकाशन मिति :-पहिलो संस्करण २०७६
पृष्ठ सङ्ख्या:- ९६
मूल्य :- १५०

सुनौलो यात्राकी बेनामी साथी सुरभि प्रतिष्ठान को ३५ अौं पुस्तक रहेको छ। यस पुस्तक मा लामा छोटा गरि २० वटा कथा रहेका छन्। कथाकार रन्जना पराजुली(लम्साल)को पहिलो कथा संग्रह “सुनौलो यात्राकी बेनामी साथी” कथाको अठारौं कथाबाट पुस्तक को नाम जुराइएको छ।

पहिलो कथा “रमिलाका ती दिन” – “ममी, फ्रुटी लिइस्यो!” बाट उठान गरिएको छ। शहर पसेका दुई जोडी रमिला र उमाको कथा रहेको छ। रमिला
शहर को हावापानी संगै रवाफिलो हुँदै जान्छिन्। एकदिन घरमा बैकका कर्मचारी ले ३५ दिने सुचना दिएर जान्छ। उता रमिला का श्रीमान् ले बिनु बाट सन्तान जन्मेको सुनाउँछन्।
” ममि हाम्रो गाउँ त धेरै नै टाढा रहेछ हगि।”
रमिला झस्केर छोरालाई हेरिरहेकी हुन्छिन्। यसरी उनी पश्चतापमा पर्छिन्।

दोस्रो कथा”महत्वाकाङ्क्षी” रहेको छ। जमुना ले दिदी गङ्गालाई घरबेटी को बारेमा गरेको गुनासोबाट कथा उठान गरिएको छ। जुम्लाहा दिदी बहिनी का फरक स्वाभव देखाएको कथामा। बहिनीको कमजोरी थाहा पाई भर्खर साथी भएकी अनिता ले अपरिचित केटा लिएर कोठामा प्रवेश गर्छिन्।

तेस्रो कथा “अन्तर”अमर पात्र लिएर अगाडि बडेको छ। जुनु जो कलेज पढ्डाकी साथी थिईन् अमर को। मेसेन्जर बाट कथा अगाडि बड्छ। जुनु आफ्नो विवाहको बारेमा भन्न थाल्छिन्। अरुको दासी बनी बस्ने हैन केही गर्ने आँटले खाली हात घर बाट निस्कन्छिन् छोरी लिएर। जुनुको कथामा बग्दै जाँदा अफिसमा काम गर्ने प्रमिला आफ्नो राजिनामा लिएर आउँछिन्। शिक्षित बुहारी खोज्ने तर केही गर्छु भन्दा बाहिर निस्कन नदिने नारी पीडा देखिन्छ। भने अर्को तिर छोरी मात्र जन्माउने नारि को पीडा समेटिएको छ। दुई नारि पात्रमाथि उस्तै लाग्ने फरक कथा छन्।

चौथो कथा “सिउँदो पुछिएकी चेली” सरिता पात्र माथि केन्द्रित छ। कथामा नानी ले नारीलाई नै गरिने शोषण प्रस्तुत गरिएको छ। एकदिन जागिर को लागि घर बाहिर गएर आउँदा घरमा भएको माहोल ले जसको पनि मनलाई चस्स छुन्छ। हेला गरेको सासुको गाडीको ठक्कर बाट जब उपचार हुन्छ। अस्पतालमा गएर अफिसको ठुलो मान्छे जब हात माग्छ। कथा सामाजिक सन्देश तिर मोडिएको छ। बिधवा ले पनि पुन बिवाह गर्न सक्छन् यदि घर परिवारले साथ दिए।
सासू को स्वकृति बिधवाले सरिता सिउँदो भरेर नयाँ जीवन बाटो खालि दिएको कुराले सकारात्मक सन्देश दिएको छ। मध्याह्न राष्ट्रिय दैनिक मा छापिएको छ यस कथा ले सामाजिक सन्देश बोकेको छ।

पाचौं कथा “अधुरो सोचाइ” एक १२/१३ बर्ष को केटोले एक रुपैयाँ खान मागेको विषयबाट सुरु भएको छ। म पात्रले उसको बारेमा जान्ने चाहाना संगै मागे भन्दा धेरै पाए दिएर उसका बारेमा बुझ्दै जान्छ बुवाआमा को स्वर्गवास देखि अहिलेसम्म को अवस्था। ४ बर्ष सडक लाई नै जिन्दगी मानेर बिताईरहेको हुन्छ। भोलिपल्ट जब माईक्रो को ठक्कर बाट मृत्युु हुन्छ तब म पात्र को उसलाई नयाँ जीवन दिने सोचाई अधुरै हुन्छ। जुही साहित्यिक त्रैमासिकमा प्रकाशित भईसकेको छ।

छैटौं कथा “वंश” जागिर खोज्दै गरेको पात्र बाट उठान गरिएको छ। महङ्गी केटाकेटी हरुको आवश्यक र गुनासो। छोराको आसमा छोरीहरु ले गर्दा महङ्गी को चपेट। अन्तमा त्यहीँ छोरीहरुलाई नै राम्रो शिक्षा दीक्षा दिने सोच बनाउँदै गर्दा श्रीमती फेरि वाकवाकी गर्छिन्। मितेरी मा प्रकाशित भईसकेको यस कथालाई संङ्ग्रह मा स्थान दिएको छ।

सातौं कथा “उपलब्धि” एक परिवारको कथा हो। श्रीमती पुनम जागरे हुन्छिन् यता श्रीमान् सुरज साहित्य लाई जिवन भनी डौडिरहेको हुन्छ बिरोजगार भई। बिहान सुरज उठ्दा जब कोठामा पुनम हुन्नन्। सुरजले अनेकौं अड्कल काट्न थाल्छ। बाहिर निस्कनै लाग्दा पुनम ढोकामा हुन्छिन्। अन्तमा सुरज जागिरे हुन्छ त्यहीँ बेला सुरजको कथा माथि सिनेमा बन्ने पक्का हुन्छ। नव नेपाल टाईम्स मा प्रकाशित।

आठौं कथा “बा मेरा” रहेको छ। बासँग फोनमा गरेको कुरा बाट सुरु गरिएको छ। टुहुरी छोरी को कथा छोरीकै लागि सब त्याग गरेको बा। सम्झदा सम्झदै बा को फोन आउँदा तर फोन बा को हैन अरु कसैले गरेरको हुन्छ बा बितिसकेको खवर का साथ ।

नवौं कथा “मोहिनी” फोन कतै गर्दा अन्त लागेको बाट सुरु हुन्छ। कोमल नारि श्वरले गर्दा म पात्र ले बारम्बार फोन गरिरहन्छ। कहिले गलि कहिले झर्कने गर्दा गर्दै कयौं समय व्यतीत हुन्छ। म पात्र ले ठेगान दिएपछि आएका चिठी बाट कथा बड्छ। भुइँचालो मा एउटा खुट्टा गुमाएकी मोहिनी। अनेक आरोह अबरोह पार गरि आज आफ्नो खुट्टामा आफै उभिएको बताउँछिन् पत्र सकिन्छ। क्रमशः मोहिनी टाढा हुन्छिन्। म पात्र विकासले कहिले भुल्न सक्दैन उसलाई। सुलेखा मासिक मा प्रकाशित।

दशौं कथा”दहीआमा” रहेको छ। दोबाटोमा व्यापार गर्ने बूढी आमा को कथा। उनी बर्षौदेखि यहीँ बाटोमा यसरी नै केरा,काक्रोका चिरा र दही बेचिरहेकी हुन्छिन्। आफ्ना कथा सुनाउँदै गर्दा एकदिन कुईरे ले दिएको बिदेशी पैसा नेपाली ले नै ठगेर हिडेको सुनाउँछिन् सङ्घर्षशील महिलाको कथा। शिवपुरी सन्देश मा प्रकाशित भएको कथा हो।

एघारौं कथा”अभावै अभाव” नाकाबन्दी को कथा समेटिएको छ। दुई साथीहरू को वार्तालापसंगै बिहेमा नबोलाएको गुनासो बाट सुरु हुन्छ। अन्तमा बिजुली गए संगै फेरि खाना कसरी पकाउने भन्ने पिरमा कथा सकिएको छ। सुलेखा मासिक मा प्रकाशित।

बार्हौं कथा”सुध्रिएको लोग्ने” जड्याहा श्रीमान् को कथा। काम गर्ने ठाउँ का असल कामदार राम्रो कमाउने तर घर परिवार का लगि भने खराब। एका बिहानै सुध्रिएको कल्पना गर्दै गर्दा पछाडिबाट प्रहार भएको लोग्नेको कुटाइ संगै सकिन्छ कथा। सुलेखा साहित्य मासिक मा प्रकाशित।

तेर्हौं कथा “पश्चात्तापको आगो” शङ्का माथि केन्द्रित छ। कथामा प्रवीण र पुष्पाको कथा रहेको छ। प्रेम बिवाह गरेको यस जोडि जब पुष्पा ढिलो अफिस बाट आउँन थाल्छिन्। शङ्का गरि जब प्रवीण ले पुष्पा को हत्या गर्छ। पुष्पाको फोन बज्छ प्रवीण उठाएको मात्र हुन्छ नारी श्वरमा जब उताबाट जवाफ आउँछ। यता ढिलो भईसकेको हुन्छ। फलस्वरूप प्रवीण लाई २० बर्ष को सजाय हुन्छ। सजाय काटी बाहिर निस्कदा निर्दोष श्रीमती पुष्पालाई सम्झी पछुताई रहन्छ प्रवीण। मितेरी मा प्रकाशित।

चौधौं कथा”आवश्यकता” ख्याउटी र लुरेको कथा। जागिरका लागि भौतारिदै गर्दा कतै काम नपाएको पीडा। एकदिन सपनामा देखेको कथा यथार्थ हुन्छ भनी लुरे निस्कन्छ जागिर खोज्न। उसले भाँडा माझ्ने काम पाउँछ। जसले उसको केही आवश्यक पूरा गर्छ।

पन्ध्रौं कथा”सङ्घर्षको जिन्दगी” कोपिला को कथा ब‍ोकेको छ। धेरै दिनको बर्षा ले चुहिने घर अन्तरजातीय बिवाह अनि आफन्त को तिरस्कार। जब साथ दिने मान्छे ले नै मन्दिरमा एक्लै जोडेर जान्छ। यता पेटको गर्भ। अरुको आस्रयमा काम पाउँछिन्। यता निदाएकी छोरी आमाको आशु बाट चलमलाउछिन। अनि कोपिला सोच्छिन् भोलि छोरी ले गर्ने संघर्ष हरु।

सोर्हौं कथा “परिवर्तित सोच” बिधवा पारु साथको छोरा। समाज र आफन्त को पीडा मा डुब्दै गर्दा श्रीमान् को मृत्यु भएको तेस्रो बर्ष पछि कोही सिधै माग्न आउँछ। अनि समाज संग विद्रोह गरी सहमति मा विवाह गर्छन्। क्रमशः समाजले दुबैलाई स्वीकार्छ।

सत्रौं कथा”अपजस” ज्योतिषिमाथि को बिश्वास मा आधारित यस कथामा आफ्नो सामान हराएको पिडामा बिहानै पीपलको बोटमा पानी चडाउन पुग्छिन् मुना। मन्दिरमा कसैलाई उद्धार गर्दा स्वार्थी समाजले उनलाई नै दोषी बनाउँछ। हिमाली गुराँस मा प्रकाशित।

अठारौं कथा”सुनौलो यात्राकी बेनामी साथी” यस संङ्हको नाम यसै कथा बाट रहेको छ। म पात्र रहेको यस कथामा काँकडभिट्टादेखि काठमाडौ आउँदा साथमा बसेकी महिला पात्र मा केन्द्रित छ। म पात्र बोल्ने कोसिस गर्दा गर्दै महिला पात्र बोल्न खोज्दिन्। गाडी आफ्नै गतिमा हुन्छ। जब पानी पर्दा झ्याल बन्दा गर्न नस्कदा म पात्र ले सहयोग गर्छ। उनीहरुको बोलचाल हुन सुरु हुन्छ। म पात्र आफ्नो विगत बिताउँछ। उता महिला पात्र ले नि आफ्नो बिगत सुनाउँछिन्। तर नाम र नम्बर दिन्नन्। म पात्र ले बेनामी साथी भनी नाम राखिदिन्छ। बेनामी साथी संग कुरा हुँदै जान्छ। जब आफुले मन पराएको बताउँछ तब उता बाट फोन कम आउँन थाल्छ। पछि फोन आउँने पनि बन्द हुन्छ। एकदिन कलङ्की मा देख्छ म पात्र ले उक्त महिलालाई तर उनी बोल्न खोज्दिन्। सुलेखा मासिकमा प्रकाशित ।

उन्नाइसौं कथा “सहारा” एक रिक्सा चालक वीर बहादुर उर्फ बिरु को कथा। बिरु को जीवन बुझ्न म पात्र बिरु कै रिक्सा चडेर फर्कन्छ। तर एकदिन अनियन्त्रित ट्रकले ठक्कर दिई बिरु र बिरुको रिक्सा…..। अब ती घर का सदस्य को सहारा को बन्छ। कथा भावुक बनाउने छ। सिर्जना अभियान मा प्रकाशित ।

बिसौं कथा”परिचय” रोहित को कथा। पढाइको बिचमा हुर्केको। बा आमाको डाक्टर बनाउने सपना लत्याउदै रोहित डि भि परी अमेरिका हानिन्छ। लामो समय पछि रोहित अमेरिकबाट फर्की आफ्नो गाउँ घुम्न जान्छ। गाउँमा धेरै परिवर्तन भईसकेको हुन्छ। बाटोमा विष्णु प्रसाद शर्माका छोराले जब यथार्थ बताउछन रोहित पछुताउँछु।

यसरी रन्जना पराजुली(लम्साल) का कथाहरु सरल छन्। पात्र अनी घटनाक्रम जुन सुकै पाठकले बुझ्न सक्ने रहेका छन्। उठान,प्रस्तुति र समापन अब्बल छन्। कति ठाउँमा पाठकले पात्रका रुपमा आफैलाई पाउँछन्।

कथा राम्रो हुदा हुँदै पनि एकोहोरो नारी पात्र मात्र उठान हुदा पाठकलाई अल्छी लाग्न सक्छ। कथा छोटा अनि राम्रो हुदा हुँदै पनि महिला पात्र लाई कति ठाउँमा निरीह,विचारा पाउँदा सोचे भन्दा कुनै कथा ले निरास बनाउँन सक्छ। कथाकार ले देखेका,सुनेका र कति घटना आफ्नै भोगाइ जस्तो लाग्न सक्छ। पहिलो संग्रह भएर होला कथा पड्दै जादा कति कथा अपरिपक्क लाग्न सक्छ। अझ राम्रो बनाउने ठाउँ हुदा हुदै पनि चुकेको छ। पक्कै पनि आउँदा दिनमा सुधार हुदै जाने छ। संग्रहमा कति कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भईसकेका रचना राखिएको छ भने केही नयाँ छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!