चितवनका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा बेलायतबाट गत चैत ३ गते आएका दुईजनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।बिहीबार राप्ति नगरपालिका ती ६३ र २७ वर्षीया पुरुषमा आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको थियो भने चितवनमै पीसीआर टेस्ट गर्दा प्राविधिक समस्या देखिएपछि थप परीक्षणका लागि शुक्रबार बिहानै काठमाडौं पठाइएको थियो । काठमाडौंमा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेभिट पाइएको हो ।