कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो ।

आफँै राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो । पायकपर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाइएको उहाँले जानकारी दिनुभयो । पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदूरहरु रहेको उहाँको भनाइ छ । अध्यक्ष गुरुङले गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो गाउँपालिकाभित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न सक्दिन ।” इच्छाकामना गाउँपालिका धादिङको रोराङ्ग गाउँपालिकासँग जोडिएको छ । राजधानीबाट फर्किएका मजदूरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!