शुक्रबार, बैशाख ०५, २०७७ || 653  पटक पढिएको

सप्तरीमा राजविराजसहित विभिन्न स्थानीय तहमा १८८ जनाको आरडिटी किटबाट द्रुत परीक्षण गरिएको छ । राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो । परीक्षण गरिएका १८८ मध्ये १८६ को रिपोर्ट नेगेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको रिपोर्ट पोजिटिभ आएकामा उहाँहरूको समेत पिसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म १८ वटा स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!