शुक्रबार, बैशाख ०५, २०७७ || 1004  पटक पढिएको

सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उहाँले तरकारी खेती गर्नुभएको हो । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा रु पाँच हजार मात्र आम्दनी भएको उहाँको भनाइ छ । कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताउनुभयो । इनरुवा–२ कै रामचन्द्र मेहताले समेत रु तीन लाख छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गर्नुभयो । उहाँको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि चिन्ताले सताएको छ । उहाँहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकले बताएका छन् । लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा एक हजार दुई सय बिघामा तरकारी खेती हँुदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!