शुक्रबार, बैशाख ०५, २०७७ || 940  पटक पढिएको

रुकुम(पूर्व)मा अनलाइनमार्फत सवारी अनुमतिपत्र दिन शुरु गरिएको छ । बन्दाबन्दीमा आवतजावत तथा अत्यावश्यक सेवा सहज बनाउन जिल्ला प्रशासन कार्यालय रुकुम ९पूर्व० ले अनलाइन सवारी साधन सञ्चालन अनुमतिपत्र उपलब्ध गराउने भएको हो । लकडाउन अवधिभर सवारी साधन परिचालन अनुमतिपत्र वितरणलाई सरल, सहज र सुव्यवस्थित बनाउन अनलाइनमार्फत पास दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । अनलाइनमार्फत सवारी सञ्चालन अनुमतिपत्र लिन मोबाइलको म्यासेज बक्समा गएर १११२ मा जुनसुकै कोड हानेर एसएमएस गर्ने र भउबकक।mयजब।नयख।लउ लिंकमा विवरण भर्नुपर्ने कार्यालयले जनाएको छ । नेपाल सरकार ९सचिवस्तर० को गत चैत ३० गतेको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय ९आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा० को पत्रानुसार रुकुम ९पूर्व० मा अनलाइन सवारी पास कार्यान्वयनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!