सोमबार, मंसिर ३०, २०७६ || 1175  पटक पढिएको

हिपमत डटकम
सुनसरी, ३० मंसिर

सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती झापाको मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पालाई २२ दशमलब ३३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ईटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबि ७४ ए एफ ३१४९ नम्बर प्लेटको भारतीय कार चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कार चालक दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!