शुक्रबार, बैशाख ०५, २०७७ || 765  पटक पढिएको

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ । संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ ।

अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित देश । अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ रहेको छ भने ६ लाख ७७ हजार ५ सय ७० संक्रमित छन् ।

– इटली दोस्रो सबैभन्दा धेरै प्रभावित देश । इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० । १ लाख ६८ हजार ९ सय ४१ संक्रमित ।

– स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार पार । संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ ।

– फ्रान्समा मृतकको संख्या १७ हजार ९ सयभन्दा बढी । हालसम्म कूल संक्रमितको संख्या १ लाख ६५ हजार २७ ।

– बेलायतमा मृतकको संख्या १३ हजार ७ सय पार । संक्रमितको संख्या १ लाख ३ हजार भन्दा बढी ।

– भारतमा हालसम्म कोरोना संक्रमणका कारण ४४८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १३ हजार ४ सय ३० ।

– सिंगापुरमा पछिल्लो २४ घण्टामा कारोनाभाइरसका ७२८ नयाँ संक्रमित भेटिए जुन एकदिनमा अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । यो संख्या एकदिन अघिको आँकडाभन्दा लगभग दोब्बर हो ।

– जापानमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । जापनले आपतकालको हटस्पटलाई बढाएर लगभग पूरा देशमा लागू गरिएको छ ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा लागू प्रतिबन्धलाई हटाएर पुनः खोल्ने योजना बनाइरहेका छन् ।

– कोरोनाभाइरसको संक्रमण रोक्ने मुद्दामा जारी मतभेदका कारण ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले देशका स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् ।

– ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस रोक्नका लागि देशमा कम्तीमा तीन हप्ताका लागि लकडाउन लम्बयाउने घोषणा गरेका छन् ।

– न्यूयोर्कमा १५ मे सम्म लकडाउने बढाउने घोषणा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!